कागेश्वरी नगरपालिकाद्वारा चाँगुनारायण नगरपालिकालाई स्वास्थ्य उपकरण हस्तान्तरण


काठमाडौं, ११ बैशाख । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले भक्तपुरको चाँगुनारायण नगरपालिकालाई विभिन्न स्वास्थ्य उपकरण सहयोग गरेको छ । कागेश्वरी मनोहराका मेयर उपेन्द्र कार्कीले चाँगुनारायणका मेयर जीवन खत्रीलाई १० लाखबराबरको एक थान क्लिया एनालाइजर मेसिन र रिएजेन्ट हस्तान्तरण गरेका हुन् ।

हिजो (बुधबार) एक कार्यक्रमको आयोजना गरी ती सामग्री हस्तान्तरण गरिउको हो । कागेश्वरी मनोहरा नगर अस्पतालमा सेरो ल्यावसंगको सहकार्यमा अत्याधुनिक ल्याव सेवा सुरु भएको छ ।

नगर अस्पतालमा भएको हस्तान्तरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला, नगर अस्पतालका कार्यकारी निर्देशक राम प्रसाद पौडेल, मेडिकल सुपरिटेन्डेन अनमिका सिंह, अस्पतालका कार्यकारी निर्देशक डा. अर्जुन कार्कीसहित स्वास्थ्यसँग सम्बन्धित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।