काठमाडौं, ११ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको लागि सरकार चिन्ताको विषय नभएको बताएका छन् । काठमाडौंमा आज आयोजित युथ सेलिब्रेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमालेको लागि जहिल्यैपनि चिन्ताको विषय चुनावमात्रै भएको बताएका छन् । एमाले अहिले सरकार बनाउ र सरकार बचाउ भनेर नकराएको पनि उनको स्पष्टोक्ति थियो । एमालेले जहिल्यैपनि चुनाव हेरेको उनले सुनाए ।
उनले भने,‘एमालेले सरकार हेरेको छैन । जहिल्यैपनि चुनाव हेरेको छ । अहिले एमालेको विरुद्धमा खनिएका छन्, यत्तिकै होईन हाम्रो राष्ट्रवादी अडान र दृष्टिकोणको कारणले खनिएका छन्, हाम्रो जनपक्षीयताको कारणले र लोकतान्त्रिक आचरणको कारणले अनि देशलाई अगाडि बढाउने स्पष्ट नीतिको कारणले विभिन्न प्रकारका शक्तिहरु हामीसँग भयभित भएका छन् । दिनैपिच्छे अनेक प्रकारका भ्रम फिजाउन खोजेका छन् । हरेक दिन सरकार जान्छ, सरकार जान्छ भन्न थालेका छन् ।’
एमाले र कांग्रेसको संयुक्त सरकार एउटा संकल्पसहित बनेको सरकार भएको र यसले स्थिरता र स्थायित्व लिएको उनको भनाई छ ।







प्रतिक्रिया