बजेट गोजीबाट बन्ने हो, नेताहरुको निर्वाचनकेन्द्रित हुने नै हो : राजेन्द्र लिङ्देन (भिडिओसहित)


काठमाडौं, १२ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले बजेट गोजीबाट नै बन्ने र नेताहरुको निर्वाचन क्षेत्रकेन्द्रित हुने बताएका छन् । प्रतिनिधिसभाको आजबाट सुरु भएको बजेट अधिवेशनलाई सम्बोधन गर्दै उनले यसपटक बजेटमा सुधार होस भन्ने अपेक्षा राखेका छन् ।

उनले बजेट पुस्तिका च्यात्नुपर्ने अवस्था नआओस र अहिलेको अर्थतन्त्रलाई सुधार गर्नेखालको बजेट बनोस भन्ने शुभकामना दिए । राजसंस्थाको कुरा गर्नु भनेको प्रजातन्त्रको विरोध गर्नु हो भनेर सदनमा नै गलत भाष्य निर्माण गर्न खोजिएको भन्दै उनले आपत्ति जनाए । उनले राजसंस्था र प्रजातन्त्र दुनियाँका विकसित देशमा सँगसँगै हिँडेको पनि स्मरण गराए । उनले राजाको पक्षमा कुरा गर्दा लोकतन्त्रको विपक्षमा भनेर गलत भाष्य निर्माण नगर्न सुझाव दिए । उनले लोकतन्त्रको विरोधी र पक्षमा को छ ? भन्ने कुरा व्यवहारले देखाउने सुनाए ।