काठमाडौं, १२ बैशाख । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा सांसद प्रकाश ज्वालाले सरकारले जनपक्षीय बजेट ल्याउनुपर्नेमा जोड दिएका छन् । उनले सत्तापक्षले सरकारी छायाँसहितको नीति तथा कार्यक्रम र बजेट ल्याउने आशंका व्यक्त गरेका छन् ।
उनले धेरै विद्येयक टुँगो लगाउनको पनि यो अधिवेशन सफल होस भन्ने शुभकामना दिए । आजबाट सुरु भएको प्रतिनिधिसभाको बजेट अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
शिक्षकहरु २४ दिनदेखि आन्दोलनमा बस्दापनि सरकारले उनीहरुको माग पूरा गर्न कुनै पहल नगरेको र कानमा तेल हालेर बसेको उनको आरोप छ । उनले सरकारले शिक्षक आन्दोलन तुहाउन खोजेको गम्भीर आरोप लगाए ।




प्रतिक्रिया