Logo

भृकुटीमण्डपमा ‘हिमालयन इन्टरनेशनल एक्सपो’ सुरू (तस्विरहरू)



काठमाडौं । नेपाली हस्तकला व्यवसायलाई विश्वव्यापीकरणमा सहयोग पुर्याउने उद्देश्यले ‘हिमालयन इन्टरनेशनल एक्सपो’ आयोजना भएको छ।आजबाट १९ गतेसम्म सुरुभएको एक्सपोमा नेपाली हस्तकलाका दर्जनौँ उत्पादनहरु समावेश भएकाछन्।

काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको एक्सपोमा अल्लो, सिस्नो, केरा, बाँस, केतुकी, भूइँकटहरलगायत प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादनलगयताका व्यापारिक कक्ष राखिएका छन् ।

यस्तै, पश्मिना, स्टोन, माला, क्युरियाका सामा, गलैँचा, गार्मेन्टका सामान, सिसा, पाइप, नेपाली कागज, मूर्तिकला, धातुकला, काष्ठकला, फेल्ट, गरगहना, हण्डमेड पेपरहरु, पेपर प्याकेजहरु, नेपाली ढाका कार्पेट जडीबुटी, सजावटका सामान, पर्यटन उद्योगसँग सम्बन्धित सेवा पनि एक्सपोमा समावेश भएका छन् ।

तस्विर सबै मुकुन्द कालिकोटे रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्