Logo

७ बुँदे सहमतिअनुसार अघि बढेन भने सरकार कांग्रेसकै कारणले ढल्छ : एनपी साउद



काठमाडौं, २६ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री एन.पी. साउदले कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिअनुसार दुवै दल इमानदार भएर अघि बढ्नुपर्ने बताएका छन् । दुई दलबीच भएको सहमतिअनुसार सरकार अघि बढेन भने कांग्रेसले नै सरकार ढाल्ने बताएका छन् ।

आज (शनिबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले दुई दलले सरकार बनाउने बेलामा गरेको संविधान संशोधनको विषयमा काइते कुरा गरिएको आरोप लगाए ।

देशमा एकता कायम गर्नको लागि कांग्रेसले सबै दलसँग सहकार्य गरेको उनको भनाई छ । उनले कांग्रेसले सत्ताको लागि फेरि माओवादीसँग पनि सहकार्य गर्नसक्ने सम्भावनालाई नकार्न सकेनन् । उनले सत्ता सहकार्यको लागि कांग्रेस सबै दलसँग खुला रहेको स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्