Logo

ललिता निवास जग्गा प्रकरणमा मिनबहादुर गुरुङले ‘क्लिन चिट’ पाउनेमा एमाले ढुक्क, दोषी ठहर भए दाने जग्गा फिर्ता गरिने खगराजको उद्घोष (भिडिओसहित)



काठमाडौं, १ कात्तिक । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री खगराज अधिकारीले ललिता निवास जग्गा प्रकरणमा व्यवसायी मिनबहादुर गुरुङ दोषी ठहर भएको खण्डमा आफूहरुले लिएको १० रोपनी १४ आना जग्गा फिर्ता गर्न तयार रहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एमाले र व्यवसायी गुरुङबीच कुनै प्रकारको लेनादेनाको सहमति नभएको र उनी दोषी ठहर भएको खण्डमा दान दिएको जग्गा पनि फिर्ता गरिने बताएका हुन् ।

‘हामीले कुनै लेनादेना पनि गरेका छैनौं । यो कुरा म सबैलाई सार्वजनिक रुपमा भन्न पनि चाहन्छु । हामीले लेनादेनाको कारणले यो काम गरेका होईनौं । अदालतले फैसला गर्दा उहाँ दोषी ठहरिएको खण्डमा नेकपा (एमाले) उहाँको दान दातब्य सबै फिर्ता गर्न तयार छ,’– उनले भने ।

साथै, कसैले गलत गरेको छ भने त्यो मानिस एमालेमा आएर उन्मुक्ति नपाउने उनको भनाइ छ । गलत गर्नेलाई एमालेले कहिले पनि संरक्षण गर्ने उनले बताए । व्यवसायी गुरुङमाथि पनि सोही कुरा लागू हुने उनले बताए । ‘उहाँले कानुनको दुरुपयोग गर्नुभएको छ, कानुन छल्ने काम गर्नुभएको छ, कानुनको दायरामा आउन चाहनु भएको छैन । त्यसकारण दिनु भएको छ भने तत्काल उहाँलाई कानुनको दायरामा ल्याउने काम गर्छौ । टोप बहादुर रायमाझीलाई निलम्बन गर्ने पार्टी को हो ?’ उनले प्रश्न गरे ।



प्रतिक्रिया दिनुहोस्