काठमाडौं, १३ कार्तिक । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन भाकी श्रीमती चन्द्रिका झा र छोरा विभान्सु झाले बेचन झा विचौलिया नभएको स्पष्ट पारेका छन् । झाकी श्रीमतीले चन्द्रिकाले आफ्नो पतिलाई किडन्याप गरेर ल्याएको र तीन दिनसम्म खानापनि नदिएको दाबी गरेकी छिन् ।
हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगके कुराकानीमा उनले यस्तो आरोप लगाएकी हुन् । उनले भनिन्,‘उताबाट किडन्याप गरेर ल्याएको हो, तीन दिनसम्म खाना र पानीसमेत दिईएको छैन्, तीन दिनसम्म औषधीपनि दिईएको थिएन ।’
उनले आफ्नो पति बेचन झालाई भुटानी शरणार्थी प्रकरण आउँदा कसैले पनि सम्पर्क नगरेको दाबी गरिन् । उनले आफ्नो पतिको एक रुपैयाँपनि सम्पत्ति नभएको स्पष्ट पारिन् । उनले आफ्नो घरमा सबै मान्छे पूजापाठमा लाग्ने गरेको र माछा, मासु र रक्सी केही पनि नखाने सुनाउँदै अहिले बुढेसकालमा बेचन झाले दलाली गर्यो भन्दैमा कसैले पनि नपत्याउने जिकिर गरिन् ।
उनले आफ्नो पति बेचनलाई योजना बनाएर फसाएको दाबी गरिन् । बेचनका छोरा विभान्सुले पनि आफ्नो बुवालाई मानव तस्करले फसाएको दाबी गरे । उनीहरुले न्यायालयप्रति पूरा विश्वास रहेको र न्याय पाउने विश्वास दिलाए । उनीहरुले अहिले जेलमा बेचन झालाई भेट्न कोही पनि नेता नगएको स्पष्ट पारे ।