Logo

काठमाडौंमा छठको रौनक, राष्ट्रपति पौडेलले दिए अस्ताउँदो सूर्यलाई अर्घ (तस्विरहरू)



काठमाडौं । अस्ताउँदो सूर्यलाई अर्घ दिँदै काठमाडौंसहित देशका विभिन्न स्थानमा छठ पर्व मनाईएको छ । छठ पर्वको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल पनि सहभागी भएका छन् । गुह्येश्वरी र कमलपोखरीमा पुगेर पौडेलले अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन् ।

छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको हो ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफलहोस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

तस्विरमा हेर्नुहोस् काठमाडौंमा छठको रौनक



प्रतिक्रिया दिनुहोस्