काठमाडौं, २७ कार्तिक । नवराज अर्यालले आफ्नो ज्यानको सुरक्षा गरिदिने हो भने निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नहरुको नाम नै खार्वजनिक गरिदिने घोषणा गरेका छन् । प्राइम टिभीबाट हिजो (सोमबार) राति प्रसारण भएको ‘जनता जान्न चाहन्छन’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा अर्यालले आफू उक्त घट्नाको प्रत्यक्षदर्शी भएकोसमेत दाबी गरे ।
उनले आफूले सिंहदरबारमा विभिन्न मन्त्रालयमा काम गरेको र १६ जना मन्त्रीहरुको सचिवालयमा बसेर काम गरेको पनि स्मरण गराए । उनले आफूले २०७७ सालसम्म तत्कालिन खानेपानी मन्त्री विना मगरको गाडी चलाएको दाबी गरेका छन् । उनले भने,‘म त्यो घट्नाको प्रत्यक्षदर्शी हुँ । मेरो भ्रमण आदेश हेर्नुपर्यो । मलाई अनुसन्धान होस । मलाई न्याय दिनुपर्यो । मेरो सुरक्षाको ग्यारेन्टी यो सरकारले दिन्छ भने म यो यो मान्छे भनेर तीन जना हुनुहुन्छ, तीनै जनाको नाम भनिदिन्छु ।’
Video Source: Prime Times/YouTube