Logo

यो सरकारले समात्छ भने म जेल जान तयार छु : डा. अमरेशकुमार सिंह



काठमाडौं, १५ मंसिर । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले आफूलाई अहिलेको सरकारले जेल हालेपनि जान तयार रहेको बताएका छन् । उनले आफू अहिलेको सरकार र गठबन्धनको विरोधीभन्दापनि नेपाली जनता र देशको समर्थक भएको स्पष्ट पारे ।

हिजो (शुक्रबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । तर, आफू देश र जनताको विरुद्धमा काम गर्नेहरुको विरोधमा रहेको उनको भनाई छ ।

पत्रकार धमलाले तपाईंविरुद्धपनि सम्पत्ति शुद्धिकरण र अख्यितारमा मुद्दा हाल्ने तयारी भएको छ भन्ने सूचना आएको छ नि भनेर सोधेको प्रश्नमा सिंहले जे जे गरेपनि जेलभन्दा बाहिर कहाँ पठाउँछ ? भन्दै उल्टै प्रश्न गरे । उनले भने,”जति मुद्दा हालेपनि जेलभन्दा बाहिर कहाँ पठाउँछ ? के मृत्युदण्ड दिन्छ ? जेल जान किन डराउने ? म देश र जनताको लागि एकपटक होईन हजार पटक जेल जान तयार छु । पहिलापनि गएको हो ।”



प्रतिक्रिया दिनुहोस्