Logo

प्रधानमन्त्री ओली स्वदेश फर्किए (फोटोफिचर)



काठमाडौं, २० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली चारदिने चीन भ्रमण सकाएर नेपाल फर्किएका छन् । आज (बिहीबार) उनी हिमालयन एयरलाइन्सको चार्टर विमानमार्फत स्वदेश फर्किएका हुन् । प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणको दौरान ‘फ्रेमवर्क फर बेल्ट एन्ड रोड कोअपरेसन’ मा हस्ताक्षर भएको विषयमा प्रष्ट पारे ।

‘अस्ति मैले आमसभामा पनि हामी कुनै ऋण लिन जाँदैछैनौं भनेको थिएँ । ऋणसम्बन्धी कुनै कुरापनि चलेन । मैले यहाँ बोलेकै थिएँ । कुरापनि चलेन । छलफल पनि भएन । हामीले यसपल्ट बीआरआईअन्तर्गत विभिन्न परियोजनाहरुको कुरा गर्यौं ।’ उनले भने, ‘हरेक परियोजनाअन्तर्गत पछि हामी छुट्टै छलफल, छुट्टै एग्रिमेन्टहरु गर्छौं । र, त्यसको इप्लिेमेन्टेशन कसरी गर्छौ भन्ने सम्बन्धमा । अहिले हामीले जे प्राप्त गरेका छौं । त्यो ऋण होईन भन्ने कुरा धेरैपल्ट भनियाछ । अब धेरै दोहोर्याउन नपरोस भन्ने मेरो आग्रह छ ।’

प्रधानमन्त्री ओलीले बीआरआईबारे भएको सहमति ऋण नभएको पटक पटक दोहोर्याए । उनले भने,‘ऋण होईन, ऋणसम्बन्धी कुरा पनि चलेको छैन् भन्दाखेरि ऋणको कुरा कहाँबाट आउँछ रु सधैं ऋण, ऋण, ऋण किन यो रट, सारंगी किन बज्या छ यसरी ऋणको रु होईन भनेर त हामी पटक पटक भनिराखेका छौं । सञ्चारमाध्यमहरुले पनि त्यसैगरि भन्या छन् । हाम्रो भनाईलाई क्यारी पनि गर्या छन् । त्यसकारण ऋणसँग यो सरोकार राख्दैन् । अरु कुराहरु हरेक इप्लिेमेन्टेशनमा छुट्टाछुट्टै सम्झौता हुन्छन् ।’

उनले भ्रमणको क्रममा चिनियाँ राष्ट्रपतिसँगको भेटवार्तामा बहुत राम्रो कुराकानी भएको सुनाए । उनले भने,‘चिनियाँ राष्ट्रपतिसँगको भेटमा बहुत राम्रो, एकदमै राम्रो कुराकानी भयो । नेपाल र चीनबीचको मित्रताको कुरा भयो । मित्रतालाई प्रगाढ बनाउने कुरा भयो । हाम्रो मित्रता कसैको विरुद्धमा होईन हाम्रो मित्रता हाम्रै पक्षमा मात्रै हो भन्ने कुरा पनि भयो । यस मित्रतालाई अगाडि बढाउने र त्यसले सकेसम्म ज्यादा लाभ नेपाललाई पुर्याउने भन्ने कुरा पनि भयो ।’ फोटोः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्