Logo

अदालतले धरौटी मागेपनि दुर्गा प्रसाईं तत्काल रिहा नहुने



काठमाडौं । साइबर अपराधको मुद्दामा पक्राउ परेका व्यापारी दुर्गा प्रसाईलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । जिल्ला अदालतले प्रसाईलाई ४० हजार धरौटीमा छाड्न आदेश दिएको हो । न्यायाधीश विष्णुप्रसाद अवस्थिको इजलासले धरौटी माग गरेको हो । यद्यपि प्रसाई तत्काल रिहा हुने छैनन् ।

नेपाल प्रहरीको साइबर ब्युरोले साइबर अपराध कसुरमा प्रसाईंलाई पक्राउ गरेको थियो भने उनीमाथि मुद्दासमेत दर्ता भएको थियो।

प्रसाईंमाथि संगठित अपराध र आपराधिक लाभ लिन नहुने कसुरमा पनि अनुसन्धान भइरहेको छ। त्यसैले उनी आज रिहा नहुने भएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गम्भीर आरोप लगाउँदै अभिव्यक्ति दिएपछि प्रसाईं मंसिर ४ मा भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए ।

 ‘प्रतिवादी दुर्गाप्रसाद प्रसाई प्रस्तुत मुद्दाको कसूरबाट छुटि जाने भएमा, वादी नेपाल सरकार प्रतिवादी हरिचन्द्र फुयल समेत भएको आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने कसूर मुद्दामा बयान लगायतको अनुसन्धान कार्य गर्नको लागि ब्यूरोमा उपस्थित गराई दिन हुन भन्ने तालुक नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो, लाजिम्पाट काठमाण्डौंको च.नं.४६८५, मिति २०८९१।८।१८ गतेको पत्र माग बमोजिम प्रतिवादी दुर्गाप्रसाद प्रसाईलाई सो व्यूरोमा उपस्थित गराउने आदेश समेत गरि पाउन अनुरोध छ,’– प्रसाईँविरुद्ध काठमाडौं जिल्ला अदालतमा सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोग पत्रमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्