काठमाडौं । लाइभ दोहारीबाट नेपाली लोकदोहारी क्षेत्रमा चर्चित बनेकी गायिका बबिता बानियाँ ‘जेरी’ योगमाया सखी बनेकी छन् । उनी योगमाया सखीको रुपमा केही दिनपछि महायज्ञमा कथा वाचन गर्दैछिन् ।
आगामी माघ २२ देखि ३० गते सम्म श्रीनागभूषण महादेव मन्दिर परिसर नागार्जुन १, रानीवन, काठमाडौंमा आयोजना हुने श्रीमद्भागवत महापुराण सप्ताह सतसङ्ग ज्ञान महायज्ञ मा जेरीले कथा बाचन गर्न लागेकी हुन् ।
श्री नागभूषण महादेव मन्दिर संरक्षण तथा सामुदायिक संस्था तथा श्रीमद्भागवत सेवा कुञ्ज नेपालको आयोजनामा हुने उक्त महायज्ञमा जेरी गुरुको रुपमा उपस्थित हुने छिन् ।
जोरीले करिब डेढ दशकको दोहोरी गायक यात्राका क्रममा निकै चर्चा कमाएकी थिइन् । अहिले भने उनी अध्यात्मतिर ढल्किएकी हुन् । केही वर्षअघि गायक शंकर क्षेत्रीसँग बैबाहिक सम्बन्धमा बाँधिएकी जेरी छोटो समयमा नै शंकरसँग छुटिएकी थिईन् । वैवाहिक सम्बन्धमा विचलन आपछि जेरी अध्यात्मतिर लागेकी हुन् ।