गणतन्त्र पक्षधर दलहरुको नेतृत्व तहमै राजालाई राष्ट्र प्रमुखको रूपमा स्थान दिनेबारे बहस सुरू भइसक्योः राप्रपा महामन्त्री पाठक (भिडिओसहित)

0
Shares

काठमाडौं, ७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री शरदराज पाठकले गणतन्त्र पक्षधर दलहरुको नेतृत्व तहमै राजालाईं राष्ट्र प्रमुखको रुपमा स्थान दिनेबारे बहस सुरु भइसकेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पूर्वराजा ज्ञानेन्द्रलाई हेड अफ द स्टेटको रुपमा राख्न आवश्यक रहेको बताएका हुन् । यस प्रकारको बहस गणतन्त्रवादी सबै दलमा सुरु भइसकेको उनको दाबी छ ।

‘अहिले गणतन्त्रवादी भनिएका दलहरुको नेतृत्व तहमा यो मुलुकको नेतृत्व प्रणाली, शासन शैली, संविधान सबै असफलसिद्ध हुँदै गएकाले मुलुक नै असफलउन्मुख भइरहेको दिशामा संविधान परिवर्तन गरौं, राजसंस्थालाई राष्ट्र प्रमुखको रुपमा स्थान दिउँ भन्ने वहस पार्टीहरुबीचमा चलेको छ,’– उनले भने ।

साथै, राष्ट्रपति कुनै एक दलको पनि एक गुटको स्वार्थसिद्ध गर्ने बाहेक अरु केही गर्न नसकेको उनले बताए । देशको शान्ति, स्थिरता सबैलाई मिलाएर अपनत्व लिने काम राजाबाट मात्रै हुनसक्ने उनको दाबी छ ।