नेपाली कांग्रेस भारतीय कंग्रेस बन्नेतर्फ अघि बढिरहेको छ : पुरञ्जन आचार्य (भिडिओसहित)

0
Shares

काठमाडौं, ७ चैत्र । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले अहिलेको नेपाली कांग्रेस भारतीय कंग्रेस आईजस्तै बन्ने खतरातर्फ अघि बडिरहेको औंल्याएक छन् । उनले कांग्रेस नेतृत्वले गिरिजाप्रसाद कोइरालमात्रै नभएर विपी कोइरालालाई पनि बिर्सिएको आरोप लगाउँदै यस्तो खतरा औंल्याएका हुन् । उनले कांग्रेस सभापति शेरबहादुर देउवा र उनको पछि लागेका सबैले कांग्रेसको इतिहासलाई नै बिर्सिएको गम्भीर आरोप लगाए ।

उनले नेपालमा अहिलेको माहोल हेर्दा लोकतन्त्रको सुरक्षामाथि प्रश्न उठाएका छन् । अहिले देश नै दलतन्त्रको जालोमा बेरिएको र आम नेपाली पीडित भएको उनको दाबी छ । उनले दलतन्त्रले मान्छेले देश छोड्नुपरेको समेत अवस्थाको चित्रण गरे । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले अहिलेका नेताहरुले देशलाई प्रयोगथलो बनाएको आरोप लगाए ।

गिरिजाप्रसाद कोइरालापछि देशलाई चलाउने नेता नभएको आचार्यको दाबी छ । उनले भने,‘गिरिजाप्रसाद कोइरालापछि नेपाल देश चलाउने कमाण्ड, कन्ट्रोल र यसलाई ठीक ठाउँमा लिएर जाने, त्यो कुनै निश्चित् दिशा लिएर हिँडेको नेता पनि छैन् । पार्टी पनि छैन् । गिरिजाप्रसाद कोइरालाको आत्मा यतिवेला नेपालमै भड्रिहेको छ ।’

उनले नेताहरुकै कारण नेपालको व्यवस्था महासंकटमा परेको दाबी गरे । उनले जनताको बीचमा अलोकप्रिय भएकाहरुले सक्रिय राजनीतिबाट विदा हुनुपर्ने सुझाव दिए । उनले केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहालले राजनीतिबाट अलग गर्नुपर्ने बेला आएको सुझाए ।

उनले भने,‘अहिले जनताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि हेर्न चाहेका छैनन् । शेरबहादुर देउवालाई पनि हेर्न चाहेका छैनन् । उहाँहरुलाई उहाँकै पार्टी र पार्टीका भक्तगणहरुले हेर्न चाहेका होलान । तर, मुलुकमा केही न केही देखिरहेका अनुहारले आफूलाई विथड्र गर्नुपर्छ । त्याग गर्न सके भने सिस्टम बचाउने अवस्था छ । बंगलादेश र श्रीलंकाबाट देशलाई जोगाउने हो भने उनीहरुले बाहिर आएर देशले हामीलाई धेरै दियो, अब हामी राजनीतिबाट बाहिर आउँछौं भन्नुपर्छ ।’ उनले गिरिजाप्रसाद कोइरालामा चुनावप्रति अघात विश्वास रहेको स्मरण गराए ।