लिङ्देन–राणा टकरावबारे ज्ञानेन्द्र शाही : जुंगाको लडाईं छोडौं

4.8k
Shares

काठमाडौं, ९ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले पार्टीभित्रको आन्तरिक विवादबारे मुख खोलेका छन् । राजा फर्काउने आन्दोलन चर्किएको बेलामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमशेर जबराबीच केही मतभेद बढेको अवस्थामा शाहीले आफ्नो धारणा कवितामार्फत राखेका छन् ।

उनले जुट्ने समय आएकै बेलामा जुंगाको लडाईं सुरु हुने गरेको भन्दै असन्तुष्टि पोखेका छन् । नवराज सुवेदीको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन भएको र त्यसमा राणा पनि बसेपछि लिङ्देनले अस्विकार गरेका थिए । उनले राप्रपाले आँफै आन्दोलनको नेतृत्व लिने निर्णय गराएका छन् । तर, राणाले भने आफू सुवेदीको समितिमा नै रहने स्प्ष्ट पारिसकेका छन् । यही सन्दर्भमा शाहीले कसैको पनि नाम उल्लेख नगरी लेखेका छन्–

जब जब जुटने समय आउँछ,
त्यहीँ जुँगाको लडाईँ सुरु हुन्छ।
कसको जुँगा ठूलो, कसको सानो,
व्यर्थको घमण्डको खेल चल्छ।
जुँगाको लडाईँ, छोडौं अब,
मिलेर बाँच्ने, गरौं प्रण सब।
जब जब जुटने समय आउँछ,
प्रेमको फूल फुलाऔं, सबलाई अँगालौं।
जुँगाको लडाईँ, व्यर्थको खेल,
सद्भावको गीत गाऔं, मिलेर

Skip This