काठमाडौं, २१ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले सृजना गरेको परमाणु खतरालाई अमेकिारले नै समाधान गर्ने दाबी गरेका छन् ।
ब्रिटिस पत्रिका द फिनान्सिएल टाइम्ससँगको कुराकानीमा उनले चीनले साथ नदिए पनि अमेरिकाले नै उत्तर कोरियाको परमाणु कार्यक्रमको समाधान खोज्ने बताएका हुन् । चीनले साथ नदिएको अवस्थामा आफु एक्लै पनि उत्तर कोरियाले सृजना गरेको परमाणु खतरालाई रोक्न सफल हुने उनको दाबी थियो ।
चीन उत्तर कोरियाको निकै नजिकको मित्र भएको उल्लेख गर्दै राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको परमाणु कार्यक्रमले सृजना गरेको खतराको समाधान खोज्नु चीनको पनि दायित्व भएको उल्लेख गरेका छन् । (एजेन्सी)