Logo

माओवादीको प्रस्तावमा एमाले सहमत, अब बन्ने भयो नयाँ सरकार



काठमाडौं, ४ बैशाख । तोकिएकै मितिमा निर्वाचन सफल बनाउनको लािग प्रमुख दलहरुको सहभागितामा राष्ट्रिय सहमतिको नयाँ सरकार बनाउने प्रस्तावमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सकारात्मक देखिएको छ ।

एमाले सचिव योगेश भट्टराईले आफ्नो पार्टीले चुनावको सुनिश्चितताको लागि पहिलेदेखि नै सहमतिको सरकारको कुरा उठाएको बताउँदै यदि अहिलेपनि प्रमुख दलहरु काँग्रेस, एमाले र माओवादीको सहभागितामा नयाँ सरकार बनाउने हो भने आफनो पार्टी पूर्ण रुपमा सहमत हुने दाबी गरे ।

सोमबार विहान नेपाली रेडियो नेटवर्कको नियमित कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो खुलासा गरेका हुन् ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले अघि सारेको उक्त नयाँ प्रस्तावबारे अहिले दलहरु सहमत देखिएका छन् ।

उता नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि निर्वाचनको सुनिश्चितताको लागि सहमतीय सरकार आवश्यक रहेको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्