Logo

सल्यानको दार्मा गाउँपालिकामा माओवादी केन्द्र विजयी



सल्यान २ जेठ। सल्यानको दार्मा गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका तर्फबाट अध्यक्षमा निमबहादुर केसी र उपाध्यक्षमा टीका शर्मा वली विजयी भएका हुन् ।

निमबहादुरले ३ हजार ६ सय ९४ मत ल्याउँदै जित हात पारेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामचन्द्र केसीले २ हजार ७ सय ७१ प्राप्त गरेका छन् ।

यस्तै, गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी टीका शर्मा ३ हजार ६ सय ९५ मतसहित विजयी भइन् । उनका प्रत्यासी नेकपा एमालेका दलबहादुर केसीले २ हजार ६ सय १९ मत प्राप्त गरेका छन् । दार्मा गाउँपालिकामा कांग्रेस र एमालेबीच तालमेल भएको थियो ।

६ वटा वडा रहेको दार्मा गाउँपालिकामा माओवादी केन्द्रले पाँच र एमालेले एउटा वडामा विजय प्राप्त गरेको छ । दार्मा गाउँपालिका वडा नम्बर १ मा एमालेका कविकुमार चन्दले जितेका हुन् ।



प्रतिक्रिया दिनुहोस्