Logo

‘महफिल’को ९ औँ श्रङ्खलामा करारा र महासागर



काठमाडौं, ६ जेठ । महफिलको नौँ श्रङखलामा प्रदेश नं. ५ बर्दियाकी अनुपमा करारा र प्रदेश नं. ६ दैलेखका गजलकार महेन्द्रचन्द महासागर सर्वनाम थिएटरमा एकसाथ गुन्जिएका छन् ।

मधुवन साहित्य प्रतिष्ठानको आयोजना तथा सर्वना थिएटरको सहकार्यमा सम्पन्न कार्यक्रममा महासागर र कराराले १०÷१० वटा गजल वाचन गरेका थिए ।

यो सुन्दर शान्त देश हो ध्यान देऊ
मन,उर्वर हुने त्यो खेत हो ध्यान देऊ

तिम्लाई काँधमा चढाएर अग्लो बनाउने
हामी गरिबको यही पेट हो ध्यान देऊ

अनुपमा करारा

झन् खोजियो झन्झन् भेटियो
परिवेश निकै नूतन भेटियो
कसले किन खसायो होला
बाटोमा एकथान मन भेटियो

महेन्द्रचन्द महासागर

सर्जकका रचना सुन्नको लागि हल टनाटन भरिएको थियो । स्रष्टाले रचना वाचन गरिरहँदा दर्शकले राम्रै साथ दिएका थिए । करारा रमहासागरका दुई–दुई वटा गजलमा टेकेन्द्र नेपालीले संगीत मार्फत माहोल तताएका थिए । एकसय रुपैयाँमा टिकट वितरण गरिएको आयोजकले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्