Logo

म्यानचेस्टर आत्मघाती हमलाको जिम्मा आईएसले लियो



लन्डन (बेलायत), १० जेठ । बेलायतको म्यानचेस्टर सहरमा सोमबार राति एक साङ्गीतिक कार्यक्रमस्थलमा गराइएको आत्मघाती हमलाको इस्लामिक स्टेट (आईएस) समूहले जिम्मेवारी लिएको छ ।
सोमबार साँझ आयोजित सङ्गीतमय बनिरहेको साँझलाई कार्यक्रमकोे अन्तमा अमेरिकी कलाकार एरियाना ग्रान्डेको प्रस्तुति सकिएलगत्तै स्थानीय समयानुसार राति १०ः३५ बजे म्यान्चेस्टर सङ्गीतस्थल परिसरमा भयानक आवाजसहित उक्त बम बिस्फोट भएको थियो ।

घटनामा २२ जनाको ज्यान गएको थियो भने करिब ६० जना घाइते भएका थिए । घाइते सबैजनाको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ । रासस/सिन्ह्वा



प्रतिक्रिया दिनुहोस्