Logo

प्रधानमन्त्रीले राजिनामा दिएपछि नीति तथा कार्यक्रम आउनु असुहाउँदो भयो : एमाले



काठमाडौं, ११ जेठ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको आगामी बर्षको नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समर्थन र विरोध दुवै जनाएको छ।

बिहीबार राष्ट्रपति भण्डारीले व्यवस्थापिका–संसद बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । नीति तथा कार्यक्रमपछि एमाले नेता तथा पुर्व अर्थमन्त्री भरतमोहन अधिकारीले सरकारको नैतिक पक्षमा प्रश्न उठाउदै अघिल्लो दिन प्रधानमन्त्रीले राजिनामा दिनु र भोलिपल्ट नीति तथा कार्यक्रम ल्याउनु असुहाउँदो भएको टिप्पणी गरे ।

उनले भने,‘हिजो प्रधानमन्त्रीले राजिनामा दिनुभयो, आज सरकारले नीति तथा कार्यक्रम ल्यायो, यो त्यति सुहाउँदो छैन् ।’

उनले स्थानीय तहको दोस्रो चरणको चुनाव र माघ ७ भित्र तीनै चरणको निर्वाचन गर्ने सरकारी प्रतिवद्धतालाई सकारात्मक रुपमा लिएको भन्दै त्यसलाई आफूहरुले सम्मान गर्ने बताए ।

अधिकारीले भने,‘तर यो सरकारले चुनाव समयमै गर्ने प्रतिबद्धता जनाएको छ, यो निकै स्वागतयोग्य कुरा हो, हामी यसको पूर्ण सम्मान गर्छौं।’

तर सरकारका मन्त्री रमेश लेखकले नीति तथा कार्यक्रम अत्यन्तै राम्रो आएको प्रतिक्रिया दिए ।



प्रतिक्रिया दिनुहोस्