Logo

“ओबोर कार्यान्वयन भएको हेर्न नेपाली आतुर छन्”



काठमाडौँ, ११ जेठ । अधिक मात्रामा वस्तु आयात र श्रमिक मात्र निर्यातले कमजोर बनेको नेपालको अर्थतन्त्रमा टेवा पु¥याउने ठानिएको ‘एकक्षेत्र एकमार्ग’ अवधारणा शीघ्र कार्यान्वयन भएको नेपाली जनताले हेर्न चाहेका छन् ।

नेपाल विश्व सम्बन्ध परिषद्ले यहाँ आज आयोजना गरेको ‘जनस्तरको सम्बन्ध प्रवद्र्धन : एकक्षेत्र एकमार्गको पहल’ विषयक छलफल कार्यक्रममा मुलुकका विद्वत् वर्गले नेपाली जनताको त्यस्तो चाहना व्यक्त गरेका हुन् ।

हालै नेपाल सरकारले ‘एकक्षेत्र एकमार्ग’ सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको र त्यसमा उल्लिखित विषय शीघ्रातिशीघ्र कार्यान्वयन होउन् भन्ने आम नेपालीको चाहना रहेको बताउँदै उनीहरूले त्यसबाट रेलमार्ग तथा सडक निर्माण, लगानी वृद्धि तथा व्यापार–वाणिज्य क्षेत्रको प्रवद्र्धन हुने नेपाल र नेपालीको अपेक्षा रहेको बताए ।

परिषद्का अध्यक्ष हेमन्त खरेलले जति चाँडो चीनसँग सम्पर्क विस्तार हुन्छ त्यति नै चाँडो नेपालको आर्थिक विकासका अवसर सिर्जना हुन्छन् भन्दै नेपाल र चीनबीचको मैत्री तथा समझदारीलाई अझ सुदृढ तुल्याउने एकक्षेत्र एकमार्ग अवधारणाले शीघ्र मूर्तरुप पाउनुपर्ने बताउनुभयो ।

अन्तर्राष्ट्रिय समझदारीका लागि चिनियाँ सङ्घका उपाध्यक्ष लि ह्वाङचाइले नेपालले अवलम्बन गरेको एकचीन नीतिको मुक्तकण्ठले प्रशंसा गर्दै चीनको चाहना नेपालमा शान्ति, समृद्धि र विकास सुनिश्चित होस् भन्ने हो भन्नुभयो ।

“एकक्षेत्र एकमार्ग” पूर्वाधार विकास र आर्थिक समृद्धिको मार्गमा अग्रसर हुने माध्यम मात्र नभइ राष्ट्र–राष्ट्रबीच पारस्परिक समझदारी अभिवृद्धि गर्ने सेतुसमेत भएको उहाँले बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्