Logo

राजपाले अघि सार्यो आन्दोलनका कार्यक्रमहरु, उम्मेद्धवारी दिने दिन हड्ताल गर्ने



काठमाडौं, १२ जेठ । राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ।

संविधान संशोधनको माग राखेर राजपाले निर्वाचन बिथोल्नेगरी आन्दोलन कार्यक्रम सार्वजनिक गरेको हो। उम्मेदवारी दर्ता गर्ने दिनलाई लक्ष्यित गर्दै सो पार्टीले जेठ १८ र १९ दुई दिन आमहड्ताल आह्वान गरेको छ। भोलि शनिबारदेखि निर्वाचनसम्बन्धी सबै गतिविधि अवरोध गर्ने, निर्वाचन कार्यालय घेराउ गर्ने एवं जेठ १८ र १९ आमहड्ताल गर्ने कार्यक्रम तय भएको राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले बताए।

१९ गतेसम्म यदि संविधान संशोधन अगाडि बढेन भने त्यसपछि अझ सशक्त आन्दोलन गर्ने  बताए।

राजपा नेपालले विशेष पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रमहरु सार्वजनिकगरेको हो । राजपाका एक शीर्ष नेताका अनुसार राजपाले उम्मेद्धवारी दिने दिन आम हड्ताल गर्ने, निर्वाचनको दुई दिन अघिदेखि नै आन्दोलन गर्ने, निर्वाचन अधिकृतको कार्यालय घेराउ गर्ने लगायतका छन् । राजपा केन्द्रिय कार्यालयमा दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रमहरु सार्वजनिक भएको छ ।



प्रतिक्रिया दिनुहोस्