काठमाडौं, जेठ १३। त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको सेमिफाइनलमा पुगेको छ ।
शनिबार भएको खेलमा सुदूरपश्चिमाञ्चलको टिमलाई ८ विकेटले हराउँदै आर्मी समूह बी बाट सेमिफाइनलमा पुगेको हो ।
५१ रनको लक्ष्य आर्मीले ६ ओभर ३ बलमा भेट्टायो । उसका लागि विनोद भण्डारीले २० तथा अनिल मण्डलले १० र सागर पुनले १० रन बनाए ।
यसअघि पहिले ब्याटिङ गरेको सुदूुरपश्चिमाञ्चलले २२ ओभरमा सबै विकेट गुमाएर ५० रन बनाएको थियो ।
उसका लागि बसन्त खत्रीले २० रन बनाउनुबाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् । समूहचरणको अन्तिम खेलमा आइतबार आर्मी र नेपाल पुलिस क्लब खेल्नेछन् । पुलिस पनि सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।