Logo

नगरप्रमुखका उम्मेदवार जोशीद्धारा मतदाताप्रति कृतज्ञता व्यक्त



काठमाडौँ, १४ जेठ । काठमाडौँ महानगरपालिकाका प्रमुखका लागि नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार भएका राजुराज जोशीले काठमाडौँ महानगरवासीलाई स्थानीय तहको निर्वाचनमा आफूलाई अमूल्य मत दिएर सम्मानजनक प्रतिस्पर्धा गर्न सक्षम बनाइदिएकामा हार्दिक कृतज्ञता व्यक्त गर्नुभएको छ ।

जोशीले आज विज्ञप्ति जारी गर्दै भन्नुभएको छ – “लोकतन्त्रमा जित र हार स्वाभाविक प्रक्रिया हो । चुनावी दौडमा रहँदा काठमाडौँ महानगरपालिकावासीसँग गरेका वाचाप्रति म सँधै कटिबद्ध रहन्छु । साथै मैले आमजनतासँग गरेका वाचा जायज रहेको हुँदा नवनिर्वाचित प्रमुखसँग सहकार्य गरेर पूरा गराउने बाटोमा लाग्नेछु ।”

उहाँले निर्वाचनमा प्रमुख पदमा निर्वाचित विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गी साथै सबै वडाबाट विजयी हुनुभएका वडाध्यक्ष र वडा सदस्यलाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । रासस



प्रतिक्रिया दिनुहोस्