काठमाडौं, १५ जेठ । सरकारले यही जेठ ३१ गते हुने निर्वाचनको मिति सार्ने निर्णय गरेको छ ।
आज अपरान्ह बसेको मन्त्रिपरिषदको बैठकले दोस्रो चरणको स्थानीय तहको निर्वाचन असार ९ गते गर्ने निर्णय गरेको विज्ञान प्रविधि मन्त्री प्रेमबहादुर सिंहले जानकारी दिए । मधेशी मोर्चालाईपनि निर्वाचनमा सहभागी गराउने उद्देश्यले सरकारले दोस्रो चरणको निर्वाचनको मिति पर सारेको हो ।