Logo

नेपाली गीतसंगीतका विषयवस्तु अन्तराष्ट्रिय बजारमा बिक्नसक्ने क्षमता राख्छन् : धमला



आधुनिक गीत ‘आउन डल्ली’ सार्वजनीक

काठमाडौं, १६ जेठ । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले नेपाली गीत–संगीतको विषयबस्तु अन्तराष्ट्रिय बजारमा बिक्न सक्ने क्षमताको रहेको दाबी गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा प्रदिप सुन्दासको आधुनिक गीत ‘आउन डल्ली’को सार्वजनीक गर्दै प्रमुख अतिथि समेत रहेका पत्रकार धमलाले यस्तो बताएका हुन् ।

उनले भने,‘प्रदीपजी एउटा सिर्जनशील व्यक्ति हुनुहुन्छ, उहाँको आवाजमा जादु लुकेको छ, आगामी दिनहरूमा पनि उहाँले नेपाली समाजको मनमनमा बस्न सफल गीतहरू गाउँनुहुनेछ भन्ने मेरो आशाछ, हाम्रो पहिचान हाम्रो संस्कृति बिराट छ, बिशाल छ, हाम्रो समाजमा रहेका हरेक विषयबस्तुहरू संसारमा बिक्न सक्ने क्षमता र सन्देशमुलक छन्।’

त्यस्तै कार्यक्रममा उक्त गीतको भिडियो निर्देशक रामचन्द्र सुन्दासले ‘आउन ढल्ली’ को छायांकन उपत्यका बाहिर गरेको जानकारी दिए ।

निर्देशक सुन्दासले भने,‘यो गीत मैले निर्देशन गरिरहँदा प्रेम गर्नेहरूको आकृति भेटाएँ, वास्तवमा अहिले प्रेमलाइै खेलाँचीको रुपमा प्रयोग गरिरहेकाछन्, प्रेम मानव जीवनको अभिन्न बस्तु हो, यसलाई उचित रुपमा प्रयोग गर्नुपर्छ।’

‘आउन डल्ली’ बोलको गीतमा आवाज भरेका गायक प्रदिप सुन्दासले गीत एक महिना अघि यूटुवमा राखिएपनि आधिकारिक रुपमा आज सार्वजनिक गरिएको बताए।

उनले भने,‘यस गीतमा स्वयम् मेरो शब्द, स्वर र अभिनय छ, त्यसै गरि संगीत बाबुल गिरीको रहेको छ, उहाँले नै यस गीतको एरेन्ज गर्नु भएको हो, मैले सकेसम्म न्याय दिनेगरि आवाज र अभिनय गरेको छु ।’

कार्यक्रमका सभापति सुजन आचार्यले आफुले निमार्ण गर्ने बालमैत्री चलचित्र ‘नवयूग’मा सुन्दासको स्वरमा रहेका गीत समावेस गर्ने बताएका छन् । गीतको छायाङ्कन तथा सम्पादन योगेश दाहालले गरेका छन् भने अभिनयमा स्वस्तिमा तामाङ, कविता राईले प्रदिप सुन्दासलाई साथ दिएकी छिन्।

 



प्रतिक्रिया दिनुहोस्