Logo

भरतपुर घट्नाको बारेमा आयोगले आजै निर्णय लिने प्रमुख आयुक्त यादवको दाबी



काठमाडौं, १९ जेठ । निर्वाचन आयोगले भरतपुर महानगरमा च्यातिएको मतपत्रका बारेमा आज विशेष निर्णय लिने भएको छ ।

शुक्रबार विहान पत्रकार ऋषि धमलासँगको कुराकानीमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले यसबारेमा आयोगले आज निर्णय लिने जानकारी दिए । उनले भने,“भरतपुरको विषयलाई लिएर राजनीतिक रुपमा ठूलो बहस भैरहेको छ, तर आज आयोगले एउटा निर्णय लिन्छ, हामीले ऐन, कानुन र निर्देशिका, र, पुराना नजिर पनि हेर्नुपर्यो।”

उनले राजनीतिक वातावरण पनि बनाएर निर्णय गरिने पनि जानकारी दिए । उनका अनुसार शुक्रबार सकेसम्म निर्णय हुने तयारी गरिएको छ । भरतपुर महानगरपालिकाको मत गणना भैरहेका बेला अघिल्लो साता माओवादी केन्द्रका दुई कार्यकर्ताले ९० वटा मतपत्र च्यातेपछि गणना स्थगित गरिएको थियो ।

आयोगले उक्त घट्नाको सत्य तथ्य पत्ता लगाउन तीन सदस्यीय छानबिन समिति समेत गठन गरेको थियो । समितिका सदस्यहरु घट्नास्थल पुगेर एउटा प्रतिवेदन नै तयार पारेर आएका थिए । उक्त समितिले दिएको प्रतिवेदन र जिल्ला निर्वाचन कार्यालयले दिएको प्रतिवेदनका आधारमा आयोग एउटा निर्णयमा पुग्ने विश्वास लिईएको थियो ।

तर आयोग यसबारेमा निर्णयमा पुग्न सकेका ेथिएन। तर आज आयोगले एउटा निर्णय सार्वजनिक गर्ने पक्का भएको छ ।



प्रतिक्रिया दिनुहोस्