Logo

कानून सचिव घिमिरे भन्छन्,‘मन्त्री नायक अहिलेसम्मकै सफल, फेरि दोहोरिनुपर्छ’



काठमाडौं, २२ जेठ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव कमलसाली घिमिरेले कानूनमन्त्री अजयशंकर नायक अहिलेसम्मकै सफल मन्त्री भएको दाबी गरेका छन् ।

सोमबार कानुन मन्त्रालयको सभाहलमा कानुनमन्त्री नायकको दश महिने कार्यकालमा भएका उपलब्धि तथा कामबारे समिक्षा गर्न आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सचिव घिमिरेले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले भने,‘मन्त्रीज्यू अहिलेसम्मका सफल कानुनमन्त्रीमध्येहरुमा गनिनुहुन्छ, उहाँले आफ्नो कार्यकालमा सबैलाई विश्वासमा लिएर काम गर्नुभयो, उहाँ मन्त्रालयमा आएदेखि नै संविधानको सफल कार्यान्वयनमा जोड दिनुभयो।’

सुरुमा मन्त्री नायकलाई कानुन मन्त्रालयको जिम्मेवारी दिँदा कानुनभन्दा बाहिर क्षेत्रको मानिस भएकोले काम गर्न नसक्ने हो कि भनेर आंशका पैदा भएपनि ती सबै अविश्वास र आशंकाहरुलाई मन्त्री नायकले असफल सिद्ध गरेर सफल मन्त्रीको रुपमा आफूलाई स्थापित् गर्न सकेको बताए ।



प्रतिक्रिया दिनुहोस्