Logo

एउटा वडाको घटनालाई लिएर हाम्रो लोकतान्त्रिकरणको प्रक्रियामा शंका नगरियोस् : प्रचण्ड



काठमाडौं, २३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले उठाएका प्रश्नका जवाफ दिएका छन् ।

प्रचण्डले संसदमा गरेको सम्बोधनको पूर्णपाठ :

मैले तराई मधेस हिमाल पहाडलाई जोड्ने प्रयास गरे ।संविधानलाई बढी स्वीकार्यता बनाउने कोशीस गरे ।राष्ट्रिय गौरबका आयोजनालाई अघि बढाए ।छिमेकी सँगको सम्बन्ध सन्तलित बनाउन काम गरे ।मैले राजिनामा दिदा मलाई सकरात्मक रूपमा लिएको पाए ।

संविधानको स्विकार्यता बनाएर निर्वाचनतिर मुलुकलाई लैजाने प्रयास गरेको हो ।संविधान संशोधन विधेयक लाई अघि बढाउन पर्छ सबै मिलेर अघि बढ्न पर्छ ।
कांग्रेस र माओवादीको समझदारीमा राजिनामा दिएको हो ।यो कुरा लुकाउन जरुरी छैन ।मलाई कांग्रेसले दबाब दिएको होइन ।मैले दोश्रो चरणको पनि निर्वाचन गर्छु भनेको भएको भए कांग्रेसले नामान्ने कारण थिएन ।

दोश्रो चरणको निर्वाचन सार्ने हो भने मोर्चा आउन सकरात्मक देखियो ।चैतमा राजिनामा दिन्छु भने तर नदिने हो भने अविश्वास हुनेछ भनेर नैतिकताको आधारमा राजिनामा दिएको हो ।एमालेले सहमति कार्यान्वयन नगरेकाले कांग्रेससँग सहमति भएको हो ।बिगतमा पनि सत्ता हस्तान्तरणको लागि भएको सहमति कार्यान्वयन नभएकोले मैले यस्तो प्रवृत्तिलाई अन्त्य गरेको हो।

निर्वाचन आयोगको कुरा संसदमा ल्याउन जरुरी थिएन ।निर्वाचन आयोगको क्षेत्र मिचेर किन संसद अवरोध गर्नुभयो ।महाभियोग प्रस्ताव फिर्ता गर्ने बैठक समेत किन रोक्नुभयो ।मतपत्र च्यात्नु गलत हो भनेर मैले आयोगलाई भनेको छु ।दोषीलाई कारबाही गर्न आग्रह गर्न भनेको छु ।

दोश्रो संविधानसभा निर्वाचनमा मतपत्र च्यातेर बाहिर आउनु पर्ने पार्टीका नेताको भनाइलाई मैले अस्विकार गरेको हो ।लोकतान्त्रिककरणको कति प्रमाण चाहियो ।तपाईहरूलाई लोकतान्त्रिक हुन कति वर्ष लागेको थियोे ।न्यायपालिकाको बारेमा एमालेले के गर्याे सबैलाई थाहा छ ।

मैले चार हजार अन्तर हुदैमा रेणुलाई तिमिले जिते पनि जितेउ हारे पनि हारेउ भनेको हो तर ओलीजीले मलाई धेरै भन्दिनँ भन्नुभयो ।के भन्न बाकी छ अब भन्नुस ।गर्नेलाई लाज छैन तपाईलाई भन्न के लाज भयो ।एउटा वडाको घटनालाई लिएर हाम्रो लोकतान्त्रिकरणको प्रक्रियामा शंका नगरियोस् स् पुषपकमल दाहाल

मैले तराई मधेस हिमाल पहाडलाई जोड्ने प्रयास गरे ।संविधानलाई बढी स्वीकार्यता बनाउने कोशीस गरे ।राष्ट्रिय गौरबका आयोजनालाई अघि बढाए ।छिमेकी सँगको सम्बन्ध सन्तलित बनाउन काम गरे ।मैले राजिनामा दिदा मलाई सकरात्मक रूपमा लिएको पाए ।

संविधानको स्विकार्यता बनाएर निर्वाचनतिर मुलुकलाई लैजाने प्रयास गरेको हो ।संविधान संशोधन विधेयक लाई अघि बढाउन पर्छ सबै मिलेर अघि बढ्न पर्छ ।
कांग्रेस र माओवादीको समझदारीमा राजिनामा दिएको हो ।यो कुरा लुकाउन जरुरी छैन ।मलाई कांग्रेसले दबाब दिएको होइन ।मैले दोश्रो चरणको पनि निर्वाचन गर्छु भनेको भएको भए कांग्रेसले नामान्ने कारण थिएन ।

दोश्रो चरणको निर्वाचन सार्ने हो भने मोर्चा आउन सकरात्मक देखियो ।चैतमा राजिनामा दिन्छु भने तर नदिने हो भने अविश्वास हुनेछ भनेर नैतिकताको आधारमा राजिनामा दिएको हो ।एमालेले सहमति कार्यान्वयन नगरेकाले कांग्रेससँग सहमति भएको हो ।बिगतमा पनि सत्ता हस्तान्तरणको लागि भएको सहमति कार्यान्वयन नभएकोले मैले यस्तो प्रवृत्तिलाई अन्त्य गरेको हो।

निर्वाचन आयोगको कुरा संसदमा ल्याउन जरुरी थिएन ।निर्वाचन आयोगको क्षेत्र मिचेर किन संसद अवरोध गर्नुभयो ।महाभियोग प्रस्ताव फिर्ता गर्ने बैठक समेत किन रोक्नुभयो ।मतपत्र च्यात्नु गलत हो भनेर मैले आयोगलाई भनेको छु ।दोषीलाई कारबाही गर्न आग्रह गर्न भनेको छु ।

दोश्रो संविधानसभा निर्वाचनमा मतपत्र च्यातेर बाहिर आउनु पर्ने पार्टीका नेताको भनाइलाई मैले अस्विकार गरेको हो ।लोकतान्त्रिककरणको कति प्रमाण चाहियो ।तपाईहरूलाई लोकतान्त्रिक हुन कति वर्ष लागेको थियोे ।न्यायपालिकाको बारेमा एमालेले के गर्याे सबैलाई थाहा छ ।

मैले चार हजार अन्तर हुदैमा रेणुलाई तिमिले जिते पनि जितेउ हारे पनि हारेउ भनेको हो तर ओलीजीले मलाई धेरै भन्दिनँ भन्नुभयो ।के भन्न बाकी छ, अब भन्नुस ।गर्नेलाई लाज छैन तपाईलाई भन्न के लाज भयो । एउटा वडाको घटनालाई लिएर हाम्रो लोकतान्त्रिकरणको प्रक्रियामा शंका नगरियोस् स् पुषपकमल दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलका नेता केपी ओलीले आफूलाई धन्यवाद दिन्छन् भन्ने लागेको तर, त्यस विपरित भएको बताएका छन् ।

मंगलबार संसदलाई सम्बोधन गर्दै प्रचण्डले ओलीलाई भने, ‘अलि धेरै दम्भ भयो कि ? आफूअघि सम्बोधन गर्ने क्रममा ओलीले यो पनि आफूले गरेको, त्यो पनि आफूले गरेको तर, प्रचण्ड सरकारले जुँगामा ताउ लगाउने काम मात्र गरेको भन्दै हाउभाउसहित ब्यंग्य गरेका थिए । त्यसको जवाफ दिँदै प्रचण्डले अलि बढी नै दम्भ भयो कि ? भन्ने प्रश्न गरेका छन् । उनले अघि भने, ‘टुटी मात्र खोलेको मात्र हो त ?



प्रतिक्रिया दिनुहोस्