Logo

यस्तो छ राजपाको अडान



काठमाडौं २५ जेठ । राष्ट्रिय जनता पार्टीले स्थानीय तहको दोस्रो निर्वाचन निकट रहेको भन्दै शेरबहादुर देउवा नेतृत्वको सरकारसँग चुनावमा सहभागी हुने ‘वातावरणु बनाउन माग गरेको छ । संविधान संशोधनविना चुनावमा जान नसक्ने अडानमा रहेको राजपाले अध्यक्षमण्डलको अनौपचारिक बैठक र सरकारसँगको सम्पर्कमा असार १४ गते हुने चुनावमा सहभागिताका लागि ‘निकास दिनुपर्नेु धारणा व्यक्त गरेको हो ।

तराईका जिल्लामा सक्रिय रहेका राजपाका शीर्ष नेता महन्थ ठाकुर, राजेन्द्र महतो र शरत्सिंह भण्डारीले संविधान संशोधन नै आगामी निर्वाचनको निकास रहने दोहोर्‍याएका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

राजाप नेता वृषेशचन्द्र लालले आगामी चुनावमा सहभागी हुन संशोधनको विकल्प नरहेको बताउनुभयो । उहाँले मधेसका शीर्ष नेतात्रयसहित आफूहरू संविधान संशोधनविना चुनाव भए आन्दोलनमा जाने निक्र्योलसहित मधेसी जनतालाई एकीकृत गर्न लागिपरेको बताए ।

एक प्रश्नको उत्तरमा उनले भने, ‘मधेसका सशस्त्र समूह र आफूहरूबीच एजेन्डा नै फरक भएकाले खासै सम्पर्कमा रहनु जरुरी छैन । यद्यपि, सशस्त्रलगायत अन्य राजनीतिक दल र समूहले संविधान संशोधनविना चुनाव भए हाम्रा विरोध कार्यक्रमलाई सघाउन सक्छन् ।ु राजपाले सरकारलाई दिएको समर्थन कार्यान्वयनका लागि तत्काल वार्ता गर्दै एउटा ठोस निर्णयमा पुग्नु अपरिहार्य रहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्