Logo

राजपाद्वारा आन्दोलन घोषणा, असार १० देखि अनिश्चितकालीन आम हड्ताल गर्ने – प्रेस विज्ञप्ती सहित



काठमाडौं, २८ जेठ। राष्ट्रिय जनता पार्टी नेपालले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । पुरानो तमलोपा पार्टी कार्यलय विजुली बजार स्थिति पार्टी कार्यलयमा बसेको राष्ट्रिय जनता पार्टीको बैठकले दोस्रो चरणको स्थानीय चुनावमा भाग नलिने भन्दै आमहड्ताल सहितका कार्यक्रम घोषणा गरेको हो ।

 

राजपा आन्दोलनका कार्यक्रम निम्न प्रकार छन् :-

१, जेठ २९ गते जिल्ला सदरमुकाममा मसाल जुलुस प्रदर्शन ।

२, जेठ ३०, ३१ र असार १ र २ गते थरुहट, मधेस र लिम्बुवान बन्द गर्ने ।

३, जेठ ३० र ३१ गते गाउँपालिका नगरपालिकाहरुमा चुनावको विरोधमा माइकिङ प्रचार ।

४, असार १ गते विभिन्न चोक र चौराहामा खबरदारी सभाका साथै शहीदहरुको तस्वीरमा माल्यार्पण ।

५, असार २ गते गाउँपालिका नगरपालिकाहरुमा निर्वाचन केन्द्रको कार्यालयमा तालाबन्दी गर्ने र लाठी जुलुस निकाल्ने ।

६, असार ३ र ४ गते शहीदहरुका तस्वीर प्रदर्शन ।

७, असार ५ गते जिल्ला सदरमुकाममा लाठी जुलुस प्रदर्शन ।

८, असार ६ गतेदेखि १४ गतेसम्म निर्वाचनसम्बन्धी कार्याक्रमहरुमा अवरोध पुर्‍याउने ।

९, असार ८ गते जिल्ला सदरमुकामहरुमा मोटरसाइकल र्‍याली निकाल्ने ।

१०, असार १० गतेदेखि अनिश्चितकालीन आम हडताल गर्ने ।



प्रतिक्रिया दिनुहोस्