Logo

दिल्लीमा यसरी ठगिन्छ नेपाली



काठमाडौं २९ जेठ । वैदेशिक रोजगारी तथा विद्यार्थी भिसामा पढ्न पठाउने आश्वान दिदै नेपाली युवायुवतीलाई ठगी गर्ने घट्ना पछिल्ला दिनमा बढ्दै गएका छन् ।केही महिनायता आफुहरु ठगिएको भन्दै दिल्लस्थित नेपाली दुतावामा उजुरी गर्नेको संख्या बढेको छ ।दिनहुँजसो दुतावासमा ठगिएका उजुरी आईरहेका छन् ।

दिल्लीबाट तेस्रो मुलुक जाने विषयमा बुझ्न या पैसा बुझाउनुअघि परामर्श लिन दुतावास आउनेको संख्या भने शुन्यप्रा छ । अधिकारहीका अनुसार पहिल्यै परामर्श गर्न आए ठगिने सम्भावना कम हुन्छ ।

दिल्लीबाट भिसा लगाइ तेस्रो मुलुक पठाउने प्रलोभन देखाएर ल्याउने र पैसा असुलेपछि फरार हुने घट्ना बढिरहेको छन् ।यस्ता ठगिका घट्नामा भने प्राय नेपाली नै संलग्न हुने गरेका छन् । विशेषतः नेपाल र भारतमा ठगी गर्ने गिरोहको सञ्जाल नै सक्रिय छ ।

पहिलो नेपालमा रहेका दलाले दिल्लीबाट अन्य मुलुक लैजाने भन्दै दिल्ली पठाउने र यहा अर्को दलाल संलग्न हुने गरेको पाईएको छ, यो खबर आजको कान्तिपुरमा छ ।



प्रतिक्रिया दिनुहोस्