Logo

राजधानी छाडेर मधेस झर्दै राजपा नेता



काठमाडौं ३० जेठ । आन्दोलन गरिरहेका राजपाका शीर्ष नेताहरु राजधानी छाड्ने भएका छन् । महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, महेन्द्रप्रसाद यादव, राजकिशोर यादव र अनिलकुमार झा मंगलबार बन्द, आमहडताललगायत विरोध कार्यक्रम सफल पार्न तराईरमधेस जांँदै छन् ।

राजपाका महासचिव जितेन्द्र सोनालले राजपालई चुनावविरोधी बनाई सरकारले चुनावको वातावरण बिगार्दै गएको आरोप लगाए । राजनीतिक मुद्दामा सरकारले उदारतासाथ कन्सिडर गर्नुपर्नेमा, उल्टै सत्ता निर्माणका क्रममा राजपाले दिएको मतको दुरुपयोग गर्दै तीनबुँदे सहमतिको कार्यान्वयन नभएको स्थितिमा हामीबीच आन्दोलनको विकल्प रहेन, उनले भने । राजपा आफ्नो आन्दोलनमा राष्ट्रिय झन्डासहित अघि बढ्ने भएको छ ।  ठाकुरले जनकपुर, सदस्य राजेन्द्र र महेन्द्र सर्लाही, शरतसिंह भण्डारीले महोत्तरी, राजकिशोर सिरहा र झाले रौतहटको मोर्चा सम्हाल्नुहुने भएको छ ।



प्रतिक्रिया दिनुहोस्