Logo

काँग्रेसका उम्मेदवारको गाडीमा तोडफोड



काठमाडौं ३० जेठ । तराई बन्दक क्रममा राजपाका कार्यकर्ताले कांग्रेसको तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाका मेयर उम्मेदवार डा. सुरेशकुमार कनोडियाको गाडीमा ढुंगा प्रहार गरेका छन् । कनोडियालाई लिन उनको निवासतर्फ जाँदै गरेको बेला बिहान गाडीमा ढुंगा हानिएको हो । गाडीको सिसा फुटेको छ । ढुंगा प्रहार गर्ने राजपा कार्यकर्ता ललितकुमार रौनियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सार्वजनिक यातायात र बजारमा राजपाद्धारा घोषित बन्दको खासै प्रभाव छैन । यता, जनकपुरमा पनि राजपाका कार्यकर्ताले सबारी साधनमाथि तोडफोड गरेका छन् । जनकपुरको मुझेलियामा दुई वटा पिकअप भ्यान र सीताचोकमा एउटा ट्याक्टरमाथि तोडफोड गरिएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्