Logo

आज निर्णायक वार्ता होला त सहमति ?



काठमाडौं १ असार । आन्दोलनरत राष्ट्रिय जनता पार्टीलाई असार १४ का लागि निर्धारित स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि मनाउन आज थप प्रयास गरिने भएको छ । प्रमुख तीन दलको प्रयास बुधबार सफल हुन नसकेपछि आज थप आज छलफल हुँदैछ । संविधान संशोधन र स्थानीय तहको संख्या बृद्धि गर्ने सहमति नहुँदासम्म कुनै चुनावमा सहभागी नहुने अडान राजपा नेताहरुले नछोडेपछि आज पुनः बैठक बस्ने गरी नेताहरु उठेका छन् ।

चुनावै विथोल्ने गरी राजपा आमहड्ताल लगायतका आन्दोलनमा उत्रिएपछि असार १४ को चुनाव अन्योलमा परेको छ । सत्तारुढ दलहरुसमेत आन्दोलनका बिच चुनाव गराउने कि नगराउने भन्ने द्विविधिामा छन् । चुनावमा राजपालाई सहभागी गराउने अधिकतम प्रयास स्वरुप बुधबारको बैठक बोलाइएको थियो । तराई जाने कार्यक्रम रोकेर राजपा नेताहरु पनि बैठकमा सहभागी भएका थिए । तर दुबै पक्षबीच कुरा मिल्न सकेन ।

मनोनयनको मिति सार्ने लगायतका बिषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बिहान निर्वाचन आयोगका पदाधिकारीलाई भेट्दैछन् । आयोगको कार्यतालिका अनुसार २ गते मनोनयनका लागि तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस्