Logo

प्रदेश नम्बर २ को निर्वाचन सार्ने सरकारको निर्णयको महन्थ ठाकुरद्धारा स्वागत



काठमाडौं, १ असार । प्रदेश नम्बर २ को निर्वाचन असोज २ गतेलाई सार्नेलाई सरकारको निर्णयलाई राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले स्वागत गरेका छन् ।

सरकारले प्रदेश नम्बर २ को निर्वाचन सारेलगत्तै पत्रकार ऋषि धमलासँगको कुराकानीमा अध्यक्ष ठाकुरले भने,‘हामी सरकारले गरेको निर्णयको स्वागत गर्छौं, हामी संशोधन प्रस्ताव पारित नभएसम्म निर्वाचनमा जाँदैनौ।’

दोस्रो चरणको स्थानीय चुनावको मनोनयन दर्ता दुई दिन पछि सरेको छ । असार १४ गते चुनाव हुने १, ५ र ७ नम्बर प्रदेशको मनोनयन दर्ताको समय सारिएको हो ।

यसअघि असार २ गते मनोनयन दर्ताको समय तोकिएको थियो । अब असार ४ गते आइतबार मनोनयन दर्ता हुनेछ । आज बसेको सत्तारुढ दल र राजपाका नेताहरुको बैठकले प्रदेश नम्बर २ बाहेकका प्रदेशमा असार १४ मै चुनाव गर्ने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्