Logo

वाग्मती सफाइ महाअभियान दूतमा कोइराला



काठमाडौँ, १ असार । वाग्मती सफाइ महाअभियानको सद्भावना दूतमा नायिका मनिषा कोइराला मनोनीत हुनुभएको छ ।

सहरी विकास मन्त्रालयको प्रस्तावमा महाअभियानको आज बसेको साप्ताहिक बैठकले नायिका कोइरालाको नाम अनुमोदन गरेको सफाइ अभियानकर्मी उमेश बोहराले बताउनुभयो । कोइराला यही असार ३ गते सञ्चालन हुने २१४औँ हप्ताको सफाइ कार्यक्रमदेखि सहभागी हुने महाअभियानले जनाएको छ ।

नायिका कोइरालालाई सद्भावना दूतको प्रस्ताव पूर्वसहरी विकासमन्त्री अर्जुननरसिंह केसीले राख्नुभएको थियो । आगामी शनिबारको सफाइ त्रिपुरेश्वरमा हुने भनिएकामा थापाथली पुलमा गरिने भएको छ ।

विसं २०७० जेठ ५ गते शनिबारदेखि हप्तामा एक पटक वाग्मती सफाइ हुँदै आएको छ । यहाँबाट प्रभावित भएर हाल देशका २६ स्थानमा सफाइ अभियान सुरु भएको महाअभियानले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्