Logo

राजपाको आन्दोलन देखावटी मात्रै, चुनाव नबिथोल्ने



काठमाडौं, २ असार । राष्ट्रिय जनता पार्टीले आन्दोलनका कार्यक्रमहरु यथावत राख्ने र निर्वाचनमा भाग नलिने निर्णय गरेपनि भित्रि रुपमा भने निर्वाचनको दिनमा कुनैपनि अवरोध नगर्ने बुझिएको छ।

राजपा नेपाल निकट उच्च स्रोतका अनुसार फेस सेभिङ्को लागि मात्रै आजको निर्णय भएको हो । हुन त २ नम्बर प्रदेशको चुनाव सार्ने सरकारको निर्णयलाई राजपाले अमान्य घोषणा गरेको छ ।

शुक्रबार पूरानो तमलोपाको कार्यालय विजुलीबजारमा बसेको राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलको बैठकले चुनाव बिथोल्ने गरी घोषणा गरिएका संघर्षका कार्यक्रम जारी राख्ने निर्णय गरेको हो ।

राजपा नेपालका शीर्ष नेता राजकिशोर यादवले,‘सरकारको यस्तो निर्णय हामीलाई मान्य छैन, हामी हाम्रा मागहरु पूरा नभएसम्म चुनावमा भाग लिँदैनौं र आन्दोलन जारी राख्छौं ।’ यसअघि घोषणा गरिएका आन्दोलका कार्यक्रम फिर्ता नहुने यादवले बताए ।

साथै विगतमा मधेसकेन्द्रित दलहरुले उठाउँदै आएका मागहरुमा राजपाको अडान यथावत रहेको उनले बताए ।
राजपाले असार २ गते मनोनयन दर्तालाई अवरोध र्पुयाउने गरी लाठी जुलुस र बन्दको आयोजना गरेकोमा उक्त कार्यक्रम ४ गते गर्ने गरी सारेको छ ।



प्रतिक्रिया दिनुहोस्