इलाम, ४ असार । नेकपा ९एमाले० का वरिष्ठ नेता झलनाथ खनालले यो वर्ष चुनावी र आर्थिक समृद्धिको वर्ष हुने बताउनुभएको छ । रोङ गाउँपालिकामा आज आयोजित चुनावीसभामा उहाँले चुनावपछि मुलुक आर्थिक समृद्धितर्फ अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले “चुनावपछि मुलुक आर्थिक समृद्धि र विकासतर्फ उन्मुख हुन्छ र यसका लागि एमालेको नेतृत्व आवश्यक छ,” भन्दै जनताको चाहना एमालेलाई देशकै ठूलो पार्टी बनाउने रहेकाले अब एमाले मुलुककै पहिलो पार्टी हुने दाबी गर्नुभयो ।
पर्यटनको अनेकौँ सम्भावना बोकेको इलामलाई देशकै नमुना बनाउन एमालेले पहल थालेको पनि उहाँले बताउनुभयो । ।रासस