काठमाडौँ, ८ असार । मन्त्रिपरिषद्को आजको बैठकले काठमाडौँ–तराई÷मधेस जोड्ने दूत मार्ग (फाष्ट ट्र्याक) छिटो बनाउने सम्बन्धी कार्यवधि पारित गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सो कार्य्विधि पारित गरेको अर्थमन्त्री एवं प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । सो मार्ग सरकार आफैले बनाउने अघिल्लो सरकारको निर्णयबमोजिम नेपाली सेनालाई जिम्मा दिइएको थियो ।
यस्तै बैठकले एसियाली विकास बैङ्कले सहरी विकासका लागि दिने १५० मिलियन अमेरिकी डलरको सहुलियत ऋण ग्रहण गर्नका लागि वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णय गरेको छ ।
बैठकले स्वास्थ्य मन्त्रालयका सचिवमा डा किरण रेग्मीलाई बढुवा गर्ने निर्णय गरेको छ ।