Logo

योद्धाका परिवारलाई रकम निकासा भएको छः प्रचण्ड



कोहलपुर (बाँके), ८ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जनयुद्धका समयका सहिद, बेपत्ता तथा घाइते भएका योद्धाका परिवारका लागि जनही रु पाँच लाख रकम निकासा गरेको र त्यो चुनावलगत्तै वितरण गरिने बताउनुभएको छ ।

माओवादी केन्द्रले यहाँ आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले जनताको सेवकका रुपमा स्थानीय प्रतिनिधिले काम गर्ने बेला आएको बताउँदै कोहलपुरको विकासका लागि माओवादी गम्भीर छ भन्नुभयो ।

अध्यक्ष दाहालले नेपालगन्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिकासहित बाँकेका आठ स्थानीय तहमा आयोजित चुनावी सभालाई पनि सम्बोधन गर्नुभएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्