Logo

नयाँ शक्तिकी मेयर उम्मेदवार माओवादी प्रवेश



काठमाडौं ९ असार । नयाँ शक्ति पार्टीबाट नेपालगन्ज उपमहानगरपालिकाकी मेयर उम्मेदवार जयकुमारी खड्का माओवादी केन्द्र प्रवेश गरेकी छन्। उनीसँग वडा नं. ४ का वडाध्यक्ष उम्मेदवार त्रिलोक पाण्डे पनि माओवादी केन्द्र प्रवेश गरेका पार्टीका जिल्ला इन्चार्ज आइपी खरेलले जानकारी दिए। नेपालगन्जमा नयाँ शक्तिले संघीय समाजवादी फोरमसँग तालमेल गरेर उम्मेदवारी दिएको थियो। उपमेयरमा फोरमी ममता बनियाँ उम्मेदवार छिन्। बिहीबार नेपालगन्जमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उपस्थित कार्यक्रममा खड्का पार्टी प्रवेश गरेकी हुन्।



प्रतिक्रिया दिनुहोस्