Logo

महन्थ ठाकुरको सहभागिता विना २ नम्बर प्रदेशमा चुनाव गरिए देशमा विखण्डनको विउ रोपिन्छ : कोइराला



shekhar

काठमाडौं, १५ असार । प्रमुख दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरहरुको सहमतिविना प्रदेश नम्बर २ को चुनाव गरिए मुलुक द्धन्द्धमा जाने खतरा औंल्याएका छन् ।

उनले भने,‘प्रदेश नम्बर २ मा राजपा नेपालको सहमति विना चुनाव गरियो भने देशमा विखण्डनको विउ रोपिन्छ, विखण्डनको विउ रोप्ने अपजस कसले लिने भन्ने कुरा हो ? यो कुराबाट नेताहरु सचेत हुनुपर्छ, मुलुक र जनताको पक्षमा निर्णय गर्नुपर्छ।’

बिहीबार पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता कोइरालाले प्रदेश नम्बर २ को चुनाव अघि नै संविधान संशोधन गर्नुपर्ने समेत जिकिर गरे । उनले भने,‘त्यसैले एमाले अब बाध्य भएर संविधान संशोधनको पक्षमा आउनुपर्छ, संविधान संशोधन गरेर अघि बढ्नुपर्छ, यसमै सबैको भलो हुन्छ।’

कोइरालाले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति टिप्पणी गर्दै भने,‘उखान टुक्काले देश चल्दैन्, म तपाई ऋषि धमलामार्फत भन्न चाहन्छु,‘अब उखान टुक्काले देश चल्दैन, त्यसको लागि अहिले नै हामी सबै गम्भिर भएर लाग्नुपर्छ।’

यद्धपी उनले एमालेलाई संशोधनको पक्षमा ल्याउनको लागि लाख कोशिस गर्नुपर्ने बताउँदै यदि एमाले नआए पनि संविधान संशोधन गराएर प्रधानमन्त्री शेरबहादुर देउवा अघि बढ्नुपर्ने सुझाए ।

उनले संविधान संशोधनविना मधेशमा कुनैपनि हालतमा चुनाव गर्न नहुने जिकिर गरे । कोइरालाले प्रदेश नम्बर एकमा आफ्नो पार्टी कांग्रेस एक नम्बर हुने दाबी गरे । उनले भने,‘अरु ठाउँमा त भन्न सक्दिन् तर विराटनगर महानगरपालिकामा भीमप्रसाद पराजुलीले जित्छ ।’



प्रतिक्रिया दिनुहोस्