Logo

संखुवासभामा निर्वाचन अधिकृत एमालेसँग मिलोमतोमा लागेको कांग्रेसको आरोप, पूनः मतगणना हुनुपर्ने



संखुवासभा, १६ असार । संखुवासभाको पाँचखपन नगरपालिका वडा नम्बर ६ मा निर्वाचन अधिकृतले एमालेसँगको मिलोमतोमा कांग्रेसको मत भन्दा १० मत बढि देखाएर एमालेका उम्मेद्धवार गोपालकुमार श्रेष्ठलाई विजयी घोषणा गरेको भन्दै पूनः मतदान गर्न माँग गरेको छ ।

नेपाली कांग्रेस–संखुवासभाले आज एक प्रेस विज्ञप्ती जारी गरि उक्त मत गणनामा निर्वाचन अधिकृत पुष्कर नेपालले एमालेसँगको मिलेमतोमा कांग्रेसको भन्दा १० मत कम ल्याएका एमाले उम्मेघद्धवार श्रेष्ठलाई विजयी घोषणा गरिदिएको आरोप लगाईएको छ ।

कांग्रेसका नेता चित्र प्रसाद श्रेष्ठका अनुसार कांग्रेसका उम्मेद्धवार नरेश श्रेष्ठले ३९२ मत ल्याउँदा एमालेका उम्मेद्धवारले ३८३ मत ल्याएका थिए । एमालेका उम्मेद्धवार भन्दा कांग्रेसका उम्मेद्धवारको मत १० ले बढि थियो । तर निर्वाचन अधिकृत नेपालले एमालेसँगको मिलेमतोमा कांग्रेसको विरोधका बावजुदपनि एमाले उम्मद्धेवारलाई विजयी घोषणा गरिदिएको कांग्रेसले आरोप लगाएको छ ।

निर्वाचन अधिकृतले मतगणनामा सहभागी कांग्रेसका प्रतिनिधिहरुलाई आफ्नो निर्णय नमाने सुरक्षाकर्मी लगाएर गलहत्याएर बाहिर निकालिदिने समेतको धम्की दिएको कांग्रेसले आरोप लगाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्