Logo

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि बैंक तथा वित्तीय संस्थाको संचालक तथा अध्यक्ष बन्न नपाउने



साउन १०, काठमाण्डौ । नेपाल राष्ट्र बैंकले स्थानीय तहमा निर्वाचित सबै जनप्रतिनिधिलाई बैंक तथा वित्तीय संस्थाको संचालक तथा अध्यक्ष बन्नबाट रोक लगाएको छ ।

राष्ट्र बैंक ऐन २०५८ को दफा ७९ को अधिकार प्रयोग गरेर स्थानीय तहका सबै प्रतिनिधिलाई बैंक तथा वित्तीय संस्थाको संचालक बन्न केन्द्रीय बैंकले रोक लगाएको हो । नेपाल राष्ट्र बैंकले सोमबार निर्देशिका जारी गर्दै स्थानीय तह, प्रदेश र संघीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि कसैले पनि बैंक तथा वित्तीय संस्थाको सञ्चालक हुन नपाउने व्यवस्था गरिएको जनाएको छ ।

निर्वाचित जनप्रतिनिधि बैंक तथा वित्तीय संस्थाको संचालक वा अध्यक्ष हुँदा शुसासनमा समस्या हुने राष्ट्र बैंकको ठहर छ । यसअघि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी कानून (बाफिया) निर्माण गर्दा संवैधानिक पद धारण गरेको व्यक्तिलाई संचालक बन्न रोक लगाउनुपर्ने प्रस्ताव गरेको थियो । त्यसैगरी स्थानीय तहका प्रतिनिधि पनि बैंक तथा वित्तीय संस्थाको संचालक वा अध्यक्ष बन्दा सुशासनमा समस्या आउने भन्दै राष्ट्र बैंकले परिपत्र जारी गरेको हो ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन बाफियामा संवैधानिक पदाधिकारीहरु बंैक सञ्चालक हुन नपाउने ब्यवस्था छ ।



प्रतिक्रिया दिनुहोस्