Logo

विकासमा एमालेको भूमिका बढेको जिकिर



दाङ, १२ साउन । नेकपा (एमाले) स्थायी कमिटी सदस्य शंकर पोखरेलले स्थानीय विकासमा एमालेको भूमिका बढेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपालको प्रदेश नं ५को विस्तारित बैठकको उद्घाटन गर्दै नेता पोखरेलले विकासको नेतृत्व, नाकाबन्दीको सामना र ज्येष्ठ नागरिकलाई गरेको न्यायले नै जनमत एमालेप्रति आकर्षित भएको जिकिर गर्नुभयो । “जनमतलाई कदर गर्दैै समानुपातिक विकासको जिम्मा एमालेको काँधमा आएको छ”उहाँले भन्नुभयो ।

कार्यक्रममा चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले पत्रकार महासंघलाई साझा चरित्रको बनाउन आफूहरूले भूमिका खेल्ने बताउनुभयो ।
नेसंविलाई पूर्वीय दर्शनको केन्द्र बनाउनुपर्ने

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाले विश्वविद्यालयलाई पूर्वीय दर्शनको केन्द्रका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

विश्वविद्यालयले स्थानीय तहमा निर्वाचित पदाधिकारीलाई आज आयोजना गरेको स्वागत कार्यक्रममा कोइरालाले आयुर्वेद, वैदिक कृषि, ज्योतिष, वास्तुशास्त्र, प्राकृतिक चिकित्सा जस्ता कुरालाई विश्वविद्यालयले योजनामा राखेको जानकारी दिनुभयो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेयले प्राज्ञिक थलामा विभिन्न समयमा हुने गरेका आन्दोलनले विश्वविद्यालयको छवि बिगारेको बताउँदे विश्वविद्यालयको गरिमा जोगाउनमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो । प्रजिअ गजेन्द्र श्रेष्ठले विश्वविद्यालयको जग्गाको समस्या समाधानका लागि आफूले विशेष चासो दिने आश्वासन दिनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्