Logo

चलचित्र ‘प्रेमगीत २’ले खोल्यो ‘प्रेमगीत ३’को बाटो 



धनराज वास्तविक : काठमाडौं, १९ साउन । पछिल्लो समय चर्चामा रहेका नेपाली कथानक चलचित्र ‘प्रेम गीत २’ ‘म यस्तो गीत गाउँछु’का बारेमा टिका टिप्पणी हुन थालेका छन् ।

प्रेमगीत २ का नायक प्रदिप खड्का र अश्लेसा ठकुरी अभिनित चलचित्र हो। जुन चलचित्रले एक हप्ता भित्र लगानी उठाउने सफल भएको छ ।
गत साउन १३ गतेदेखि प्रदर्शनमा आएको उक्त चलचित्रलाई दर्शकले म यस्तो गीत गाउछु भन्दा बढि रुचाईएको विश्लेषण सुनिन थालेका छन ।

यस चलचित्रले‘म यस्तो गीत गाउँछु’लाई ठुलो धक्का दिएको बिश्लेषण हुन थालेका छन् । चौक र चिया पसलमा हुने गफमा एकहुल दर्शकका कुरालाई आधार मान्ने हो भने उनिहरुका अनुसार ‘प्रेमगीत २’सँग ‘म यस्तो गीत गाउँछु’लाई तुलनागर्न नमिल्ने बताईरहेका थिए।

दर्शकले ‘म यस्तो गीत गाउँछु’का नायक पल शाह र पुजा शर्माको अभिनय हेरेको धेरै भएकै थिएन ।  लगत्तै प्रेमगीत २ ले प्रदर्शनको बाजि मार्यो ।
असार ३० गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘म यस्तो गीत गाउँछु’लाई करिब दुईहप्ता नपुग्दै आफ्नो गति मजबुँद पार्न सफल भएको ‘प्रेमगीत २’ ले निम्न सम्भावना देखाएको छ ।

– चलचित्र ‘प्रेमगीत २’ले एउटा ब्यानरलाई स्थापित गरिदिएको छ । आशुसेन फिल्मस् एउटा राम्रो ब्यानरको छवि बनाउन सफल भएको छ, जसले निर्माण गरेका आगामी चलचित्रलाई पनि यही छविले फाइदा दिनसक्छ ।

–चलचित्र ‘प्रेमगीत’बाट चर्चामा आएका नायक प्रदिप खड्का यो चलचित्रसँगै स्टारको रुपमा कहलिएका छन् । इनिसियल रुपमा हलमा दर्शक तान्न सक्ने स्टारडम उनमा देखिएको छ । नायक खड्कासँगै अश्लेसा ठकुरीले यस क्षेत्रमा माथि उक्लिने मौका हात पारेकी छिन् ।

–यो चलचित्रले निर्माता सन्तोष सेनलाई चलचित्र क्षेत्रमा प्रभावशाली निर्माताको चिनाएको छ ।‘चंखे शंखे पंखे,‘प्रेमगीत’बाट सफलतासँगै यो चलचित्रसम्म आइपुग्दा उनी नेपाली चलचित्रका प्रभावशाली निर्माताको रुपमा उभिएका छन् ।

– नेपाली चलचित्रमा सिक्वेल जोडिएका चलचित्र खासै चलेका छैनन् भन्दा फरक नपर्ला तर ‘प्रेमगीत २’ले भने त्यसलाई क्रमभंग गरेको छ । जस्तै किस्मत २, ‘नाई नभन्नु ल’ जस्ता चलचित्रले लक्ष्य हासिल गर्न नसकेको सत्य लुकाएर लुक्दैन ।

–यस प्रेमगीत २को कथा नसकिएकाले उप्रान्त प्रेमगीत ३को लागि यो सफलताले लगानी गर्न र अभिनयमा माझिनको लागि कलाकारको हकमा ठुलो फाईदा हुनेछ । सिक्वयल चलचित्र निमार्ण गर्नको लागि सहज र सुखदबाटो खोलेको छ । यो कुरा सबै चलचित्र कर्मीहरुको लागि उदाहरण पनि हुनसक्छ ।

 



प्रतिक्रिया दिनुहोस्